Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपा पदाधिकारी उम्मेदवारहरू मत माग्न व्यस्त

रास्वपा पदाधिकारी उम्मेदवारहरू मत माग्न व्यस्त


  • 946
    Shares

    रास्वपा पदाधिकारी उम्मेदवारहरू मत माग्न व्यस्त
    images

    काठमाडौं । रास्वपाको महाधिवेशनमा पदाधिकारीको अन्तिम नामावली सार्वजनिक भएपछि उम्मेदवारहरूले मत माग्न थालेका छन् । ६ दिनदेखि जारी महाधिवेशनमा हिजो राति बल्ल केन्द्रीय सदस्यहरूको निर्वाचन सम्पन्न भएपछि दोस्रोचरणमा पदाधिकारी चयन गर्न लागिएको हो । 

    केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरेलगत्तै चुनावी मैदानमा रहेका उम्मेदवारहरू महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्न व्यस्त भएका छन्। जारी महाधिवेशनको लामो र थकाइलाग्दो प्रक्रियाका कारण प्रतिनिधिहरूले निकै सकस खेपिरहेका छन्। यद्यपि, नयाँ नेतृत्व चयनका लागि महाधिवेशन प्रतिनिधिहरू मतदान गर्न निकै उत्साहका साथ लाइनमा बसिसकेका छन्। 

    मतदान स्थल बाहिर उम्मेदवार र उनीहरूका समर्थकहरूले नाचगानसहित फरक शैलीमा मत मागिरहेका छन्, जसले गर्दा महाधिवेशन स्थलको माहोल निकै संगीतमय र रोचक बनेको छ। गएराति ढिलो गरी केन्द्रीय सदस्यहरूको निर्वाचन परिणाम सार्वजनिक भएपछि आज दोस्रो चरणमा पदाधिकारी छान्न लागिएको हो। 

    रास्वपाको नयाँ केन्द्रीय समितिमा एक महिला उपसभापति, एक महामन्त्री र तीन जना सह(महामन्त्री (एक महिलासहित) पदका लागि निर्वाचन भइरहेको छ।यसअघि नै उपसभापति (खुला) पदमा डा.स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकी मुख्य ५ पदका लागि ३० जना उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा छन्। 

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १२:१५:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij