Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

जगदीश खरेलले फिर्ता लिए महामन्त्री पदको उम्मेदवारी

जगदीश खरेलले फिर्ता लिए महामन्त्री पदको उम्मेदवारी


  • 1.2K
    Shares

    जगदीश खरेलले फिर्ता लिए महामन्त्री पदको उम्मेदवारी
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्री पदका उम्मेदवार जगदीश खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। शुक्रबार बिहान मतदान सुरु हुन अघि उनले सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन्।

    उम्मेदवारी फिर्ता लिँदै खरेलले लेखेका छन्, सहमति र एकताका लागि सल्लाहमा महामन्त्रीको उम्मेदवारी फिर्ता लिएको छु। लामो बाटो तय गर्नुछ।  

    रास्वपाको विधान अनुसार पार्टीमा दुई जना महामन्त्री रहने व्यवस्था छ। जसमध्ये एक जना चुनावी प्रक्रियाबाट र अर्का एक जना सभापतिद्वारा मनोनयन गरिनेछन्। चितवनमा जारी पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन अन्तर्गत बिहीबार ९९ केन्द्रीय सदस्य पदको निर्वाचन सम्पन्न भइसकेको छ। 

    आज शुक्रबार ६ पदाधिकारीका लागि मतदानको कार्यतालिका रहेको छ। यसअघि, पार्टीका अन्य मुख्य पदहरूमा शीर्ष नेताहरू निर्विरोध निर्वाचित भइसकेका छन्। खुला पुरुष उपसभापति पदमा विराजभक्त श्रेष्ठले उम्मेदवारी फिर्ता लिएपछि वर्तमान अर्थमन्त्री डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका हुन्। त्यस्तै, पार्टी सभापति पदमा असार ९ गते नै रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्। खरेलको उम्मेदवारी फिर्तापछि अब महामन्त्री पदको चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।

    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - १०:४४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij