Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

आज यी स्थानमा छ चट्याङसहित वर्षाको सम्भावना

आज यी स्थानमा छ चट्याङसहित वर्षाको सम्भावना


  • 2.3K
    Shares

    • images
    आज यी स्थानमा छ चट्याङसहित वर्षाको सम्भावना
    images

    काठमाडौं । देशका पूर्वी र मध्य भू-भागमा मनसुनी वायूको प्रभाव थप बलियो बन्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भू-भागमा मनसुनी वायूले पूर्ण प्रभाव जमाएको छ।

    यस्तै, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागमा समेत मनसुनी वायू सक्रिय रहेको छ। देशका अन्य पश्चिमी भू-भागमा भने पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव देखिएको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराईका क्षेत्रमा आंशिक बदली रहेको छ। यतिबेला बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

    मनसुन सक्रिय भएसँगै देशभर वर्षाको सम्भावना बढ्ने देखिएको छ। वर्षाका कारण पहाडी भू-भागमा पहिरो जान सक्ने र तराईका क्षेत्रमा डुबानको जोखिम हुन सक्ने प्रति सचेत रहन मौसमविद्हरूले आग्रह गरेका छन्।

    महाशाखाले आगामी २४ घण्टाभित्र यात्रा गर्दा वा नदी तटीय क्षेत्रमा बस्दा विशेष सावधानी अपनाउन र मौसम अपडेट हेरेर मात्र निस्कन सर्वसाधारणमा अनुरोध गरेको छ।

    images
    प्रकाशित मिति :आषाढ १२ २०८३ शुक्रवार - ०७:०२:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij