२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । कीर्तिपुरस्थित राधास्वामी सत्सङ्ग होल्डिङ सेन्टरमा बस्दै आएका सुकुम्बासीहरूलाई भोलिसम्ममा उक्त स्थान खाली गर्न सूचना जारी गरिएको छ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले त्यहाँ रहेका परिवारहरूलाई २५ हजार रुपैयाँ भुक्तानी दिनका लागि बैंक खाताको विवरण माग गरेको हो। सरकारले पाँच दिनभित्र रकम लिएर आफैँ व्यवस्थापन गर्न दबाब दिएपछि पीडितहरू आक्रोशित बनेका छन्।
व्यवस्थित बसोबासको विकल्प मिलाउनुको साटो सरकारले २५ हजार रुपैयाँ दिएर जिम्मेवारीबाट पन्छिन खोजेको सुकुम्बासीहरूको बुझाइ छ। हाल उक्त होल्डिङ सेन्टरभित्र फोटो र भिडियो खिच्न कडा रोक लगाइएको छ।
सरकारको यो शैलीप्रति असन्तुष्टि जनाउँदै उनीहरूले कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाहिर ‘पीडितहरूको सरोकार पत्र’ टाँस गरेका छन्। उचित र स्थायी विकल्प नदेखाई जबरजस्ती निकालिएमा आफूहरू पुरानै बस्तीमा फर्केर छाप्रो हाल्न बाध्य हुने चेतावनी उनीहरूले दिएका छन्।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij