२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सिराहा जिल्लाको मिर्चैया नगरपालिका-८ भगवतपुरस्थित फुलवरिया-भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
बाप्र ०१-०३२ च ८९७१ नम्बरको ईभी कार विद्युत् पोलमा ठोक्किएर अनियन्त्रित भई सडक छेउको नालामा खसेपछी कार चालकले प्र.२-०४-००१ च ००३३ नम्बरको सेतो बोलेरो पिकअप बोलाएर भागेका थिए।
भाग्ने क्रममा सो गाडीले पाँच जना पैदल यात्रुलाई ठक्कर दिएको थियो।
घाइतेमध्ये सप्तरीको मिर्चैया नगरपालिका-८ भगवतपुर निवासी गुनाई ठाकुरको उपचारका क्रममा हमेश्वरी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मिर्चैया नगरपालिका-८ भगवतपुर बस्ने वर्ष ३९ को रामपुकार ठाकुर, वर्ष १० को बालक, सोही ठाउँका ६ वर्षीय बालक सुमन शर्मा र मिर्चैया-६ बस्ने वर्ष ३२ की सुभली कुमारी यादव रहेका छन्।
घटनापश्चात फरार रहेका बोलेरो चालक मिर्चैया-८ निवासी २३ वर्षीय चन्दन रायलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij