Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सरकारको आश्वासनपछि चिया उद्योगको आन्दोलन स्थगित

सरकारको आश्वासनपछि चिया उद्योगको आन्दोलन स्थगित


  • 1.0K
    Shares

    सरकारको आश्वासनपछि चिया उद्योगको आन्दोलन स्थगित
    images

    काठमाडौं । नेपाल चिया उत्पादक संघले विगत केही समयदेखि गर्दै आएको उद्योग बन्दसहितका आन्दोलनका कार्यक्रमहरू स्थगित गरेको छ। सरकारले चिया क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि संघले आजैदेखि बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालन गर्ने निर्णय गरेको हो।

    भारतीय चिया बोर्डले हालै जारी गरेको नयाँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजरका कारण नेपाली चिया भारत निर्यातमा अवरोध सिर्जना भएको थियो। निर्यात ठप्प भएपछि झापा र इलामका चिया उद्योगहरू संकटमा परेका थिए । सरकारले समयमै चासो नदेखाएको भन्दै संघले बाध्य भएर उद्योगहरू बन्द गर्ने निर्णय गरेको थियो।

    तर, पछिल्लो समय नेपाल सरकारले चिया निर्यातमा देखिएका प्राविधिक समस्या समाधान गर्न र अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्न विशेष कार्यदल गठन गरेपछि व्यवसायीहरू सकारात्मक भएका हुन्। 

    संघले आफ्ना मागहरू सम्बोधन नभएसम्म आन्दोलनमा ऐक्यबद्धता जनाउने सम्पूर्ण चिया उद्यमी, किसान, मजदुर, राजनीतिक दल र सञ्चारकर्मीहरूलाई धन्यवाद समेत ज्ञापन गरेको छ । चिया क्षेत्रको दिगो समाधानका लागि सरकारले देखाएको तत्परतालाई संघले स्वागत गरेको छ।

    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - १६:१२:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij