Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ग्रिनेड विस्फोटमा एक सैनिकको मृत्यु, सहसेनानी घाइते

ग्रिनेड विस्फोटमा एक सैनिकको मृत्यु, सहसेनानी घाइते


  • 1.6K
    Shares

    ग्रिनेड विस्फोटमा एक सैनिकको मृत्यु, सहसेनानी घाइते
    images

    काठमाडौं । कैलालीमा नेपाली सेनाको तालिमका क्रममा ग्रिनेड विष्फोट हुँदा एक जना सैनिकको ज्यान गएको छ भने एक अधिकृत घाइते भएका छन् । 

    जिल्लाको मोहन्याल गाउँपालिका-७ स्थित जालपा सामुदायिक वनमा बिहीबार बिहान फायरिङ अभ्यास भइरहेका बेला आकस्मिक रूपमा ग्रिनेड विष्फोट भएको थियो । विष्फोटमा परी नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्टको मृत्यु भएको कैलाली जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन् । 

    सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट बिहान अभ्यासका लागि वन क्षेत्रमा पुगेको थियो । विष्फोटमा गम्भीर घाइते भएका विष्टलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा दिउँसो उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।

    विष्फोटबाट उनको दाहिने हत्केला र शरीरका विभिन्न भागमा गहिरो चोट लागेको प्रहरीले जनाएको छ ।

    सोही घटनामा सेनाका सहसेनानी हिमराज जोशीसमेत घाइते भएका छन् । विष्फोट हुँदा उछिट्टिएको छर्रा लागेर उनी घाइते भएका हुन् । जोशीको अवस्था हाल सामान्य रहेको र उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको डीएसपी तिमिल्सिनाले बताएका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको बुझिएको छ ।

    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - १६:०४:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij