२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । सशस्त्र प्रहरीले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । दैनिक सयौँको आवतजावत हुने हुनाले सर्वसाधारणलाई सहजीकरण र सहयोग गर्न त्यस्तो टिम परिचालन गर्न लागिएको सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेलले बताएका छन् ।
नेपाल प्रवेश गर्ने मुख्य नाकाहरूमा त्यस्तो टिम परिचालन गरिने आईजी पौडेलले बताएका छन् । उनले भने, ‘बिआईटी मूल नाकाहरूमा परिचालन गर्छौँ, त्यो अभ्यास काउन्टर पार्टस्मा पनि छ ।’
सशस्त्रले बिआईटी टोलीमा परिचालन गर्ने सकलदर्जालाई अनुशिक्षण दिइरहेको छ । नाकामा स्क्रिनिङ गर्ने र काउन्टर पार्टस्सँग समन्वय गरेर सो टोलीले काम गर्ने पौडेलले बताएका छन् ।
सशस्त्र प्रहरीले यस वर्षको मनसुन अवधिमा हुनसक्ने सम्भावित विपद् जोखिमको पूर्व तयारी तथा प्रतिकार्य योजना पनि सार्वजनिक गरेको छ ।
सशस्त्रले देशभरका १६ स्थानलाई ‘जोखिमयुक्त’ स्थान पहिचान गरेको छ । ती १६ स्थानमा बेस स्थापना गरिएको सशस्त्रका प्रवक्ता डीआईजी कार्कीले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij