Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेप्सेमा गिरावट कायमै

नेप्सेमा गिरावट कायमै


  • 1.0K
    Shares

    नेप्सेमा गिरावट कायमै
    images

    काठमाडौं । साताको चौथो कारोबारको दिन बिहिबार नेप्सेमा लगातार गिरावट आएको छ । हिजो पनि दोहोरो अंकले घटेको बजार आज पनि घटेरै बन्द भएको हो । आज नेप्से परिसूचक ८.५० अंकले घटेर २,६५१ को विन्दुमा कायम भएको छ । 

    आज ७८ कम्पनीको शेयर मूल्य बढेको छ भने १७६ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३८ कम्पनीको ६४ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८३ करोड माथिको शेयर कारोबार भएको छ । हिजोको तुलनामा आज कारोबार रकम पनि घटेको छ । 

    बैंकिङ ०.१९, विकास बैंक ०.१५, फाइनान्स ०.३६ होटल तथा पर्यटन ०.५३, जलविद्युत् ०.४१, लगानी ०.१६, जीवन बीमा ०.२२, माइक्रोफाइनान्स ०.१५, निर्जीवन बीमा ०.४० तथा अन्य समूह ०.४७ प्रतिशत घटेको छ ।

    हालै सूचीकृत भएका दुई नयाँ कम्पनीको मूल्य १५ प्रतिशत बढेको छ । टक्सार पिखुवाखोला र याम्बलिङ हाइड्रोपावरको मूल्य १५ प्रतिशत बढेको हो । यो वृद्धिपछि दुवै कम्पनीको मूल्य ५२४.६० रुपैयाँ पुगेको छ ।

    कालिका लघुवित्तको मूल्य १२.८४, सप्तकोशी विकास बैंकको ८.२० तथा रिलायन्स स्पिनिङ मिल्सको ३.२३ प्रतिशत  बढेको छ  । भुजुङ हाइड्रोपावरको ११.०३, सीवाईसी लघुवित्तको ८.९७, भगवती हाइड्रोपावरको ५.८४ तथा थ्रीस्टार हाइड्रोपावरको ५.५७ प्रतिशत मूल्य घटेको छ ।

    आज सबैभनदा धेरै सोपान फर्मास्युटिकल्को शेयर कारोबार भएको छ । आज यस कम्पनीको १२ करोड ७७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको १२ करोड ८ लाख रुपैयाँ शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको १० करोड ५९ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

    gb.JPG

    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - १५:३२:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij