२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । काठमाडौंको डल्लु र सीतापाइला क्षेत्रबाट २४ जना बंगलादेशी नागरिक पक्राउ परेका छन्। अवैध रूपमा नेपालमा बसोबास गरिरहेको सूचनाका आधारमा प्रहरी वृत्त स्वयम्भुबाट खटिएको विशेष टोलीले उनीहरूलाई असार ९ गते नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा २५ वर्षीय राकी भूल, ३५ वर्षिय विनलल शेख ,३३ वर्षीय अल अमिन, १८ वर्षीय राहिम शेख, ३६ वर्षीयमानिक खान, ३३ वर्षीय मञ्जुर रमन, ३८ वर्षीय एम्डी सामिम, ४३ वर्षीय सागोर, ३७ वर्षीय मुस्ता किम, २६ वर्षीय साईपुल हुसन, २३ वर्षीय काहाजोल, ३६ वर्षीय खोकन, ४१ वर्षीय माचु, ५६ वर्षीय चुन्नु, ३० वर्षीय जिबोन, ३१ वर्षीय आशिकुल स्लाम, २४ वर्षीय दिनिश स्लाम, ४४ वर्षीया रन्जु, नाशिर हुसेन, ३६ वर्षीय आलम, ३५ वर्षीय आलमिन, २५ वर्षीय सुमोन मिया, ४० वर्षीय अब्दुल हालिम र २६ वर्षीय माक्सुद रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईका अनुसार पक्राउ परेका बंगलादेशी नागरिकहरू काठमाडौं महानगरपालिका–१५ मा सञ्चालित फरएभर योङ प्रालि नामको गार्मेन्टबाट पक्राउ गरेका थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पक्राउ परेकामध्ये अधिकांश बंगलादेशी नागरिक अवैध रूपमा नेपाल प्रवेश गरेको खुलेको छ। कुल २४ जनामध्ये २० जनाको साथमा नेपाल प्रवेश गर्ने कुनै पनि वैध भिसा फेला परेको छैन। एसपी भट्टराईले दिएको जानकारी अनुसार, भिसा नभएका ती २० जना नागरिकहरू बंगलादेशबाट भारत प्रवेश गरी त्यहाँबाट सडक मार्गहुँदै गैरकानुनी रूपमा नेपाल भित्रिएका हुन्।
प्रहरीले भिसा नभएका र अवधि सकिएका विदेशी नागरिकहरूलाई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि अध्यागमन विभाग पठाउने तयारी गरेको छ। नेपालमा पछिल्लो समय गार्मेन्ट लगायतका मजदुरी क्षेत्रमा अवैध विदेशी कामदारहरूको घुसपैठ बढ्दै गएको यस घटनाले पुष्टि गरेको छ।
उनीहरूले कम्बोडियामा जस्तै प्रकृतिको 'स्क्यामिङ सेन्टर' चलाउने तयारी गरिरहेको अनुसन्धानबाट खुलेको थियो। विद्युतीय माध्यमबाट बंगलादेशी र भारतीय मोडलहरूको फोटोसहितको लिङ्क पठाई सर्वसाधारणको बैंक खातामा पहुँच बनाएर 'फिसिङ' गर्ने धन्दा सुरु गरेका ती १५ जनालाई अध्यागमन विभागले जरिवानासहित डिपोर्ट (देश निकाला) गरिसकेको छ।
अहिले पक्राउ परेका २४ जनाको हकमा भने निर्णय हुन बाँकी छ। विभागले बिनाभिसा प्रवेश गर्ने र भिसा अवधि सकिएर अवैध रूपमा बस्ने विदेशीहरूलाई पक्राउ गरी डिपोर्ट गर्दै आएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij