Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा करिब एक तिहाइ प्रतिनिधिले गरेनन् मतदान

रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा करिब एक तिहाइ प्रतिनिधिले गरेनन् मतदान


  • 1.5K
    Shares

    रास्वपा केन्द्रीय सदस्य निर्वाचनमा करिब एक तिहाइ प्रतिनिधिले गरेनन् मतदान
    images

    काठमाडौं । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय समिति चयनका लागि देशभित्रको मतदान प्रक्रिया सम्पन्न भएको छ।

    निर्वाचनमा करिब एक तिहाइ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी नभएको पाइएको छ। रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार निर्वाचनमा सहभागी हुन योग्य कुल ४ हजार ३११ महाधिवेशन प्रतिनिधिहरूमध्ये २ हजार ९५९ जनाले मात्र मतदान गरेका छन्। यस हिसाबले १ हजार ३५२ जना प्रतिनिधि मतदान प्रक्रियामा अनुपस्थित रहेका छन्।

    पार्टीको नयाँ केन्द्रीय समिति चयनका लागि विद्युतीय भोटिङ मेसिन मार्फत मत सङ्कलन गरिएको हो। निर्वाचनमा कुल ३७९ जनाले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। उनीहरूमध्येबाट ९९ जना केन्द्रीय सदस्यका रूपमा निर्वाचित हुनेछन्। यसअघि पार्टीको सभापति पदमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।

    निर्वाचन आयोगले देशभित्रका प्रतिनिधिको मतदान सम्पन्न भएको जनाएको छ। अब विदेशमा रहेका प्रवासी प्रतिनिधिहरूले मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था गरिएको छ। प्रवासबाट हुने मतदान सम्पन्न भएपछि अन्तिम मतगणना गरी परिणाम सार्वजनिक गरिने आयोगले जनाएको छ।

    रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ गतेदेखि चितवनमा जारी छ।   

     

    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - १४:३२:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij