Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

दृष्टिविहीन नागरिकहरु दैनिक सडक आन्दोलनमा

दृष्टिविहीन नागरिकहरु दैनिक सडक आन्दोलनमा


  • 1.4K
    Shares

    दृष्टिविहीन नागरिकहरु दैनिक सडक आन्दोलनमा
    images

    काठमाडौं । सडकपेटीमा समेत व्यवसाय गर्न नदिएपछि दैनिक सडक आन्दोलन गर्न बाध्य भएका दृष्टिबिहीनहरुले सरकारप्रति आक्रोश व्यक्त गरेका छन । 

    काठमाडौंको माईतीघर मण्डलामा बिहीवार पनि धर्नामा बसेका उनीहरुले शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर दिएर आफूहरुलाई पनि गाँस, बास र कपासको व्यवस्था सुनिश्चित गर्न सरकारलाई दबाब दिएका हुन् । 

    सरकारले आफूहरुको माग सुनुवाई नगरेपछि दैनिक सडक आन्दोलन गर्न बाध्य हुनुपरेको दृष्टिबिहीन रोजिना अर्यालले बताए । उहाँले सरकारले सडकमा व्यवसाय गर्दा पनि आफूहरुलाई जब्बरजस्ती धरपक्कड गरेको भन्दै आपत्ति जनाए ।

    अर्यालले भने,‘ सरकारले शिक्षा, स्वास्थ्य र रोजगारी सरकारले दिनुप¥यो । हामी यसरी सडकमा आउनुपर्ने बाध्यता भयो । सरकारले चाँडो भन्दा चाँडो हाम्रो कुरा सुनोस् । क्षमता हुँदाहुँदै पनि हामी बाध्यताले यहाँ सडकमा उत्रिनुपरेको छ । हाम्रो पनि सडकमा नै बसेर जिविकोपार्जन गरौ भन्ने माग त होइन नि । हामीलाई रोजगारी चाहिएको छ । हामीले हाम्रो बालबालिकालाई पनि राम्रो शिक्षादीक्षा दिनु पाउनुपर्दछ । हाम्रो माग सरकारले चाँडो  भन्दा चाँडो सुनुवाई गरोस् । हामी ध्यानाकर्षण गराउन आएका हौँ ।’

    सरकारले सडक व्यवसाय गरेर बसिरहेका उनीहरुमाथि धरपक्कड शुरु गरेपछि विगत ४ दिन यता सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरुको समूहनै माईतीघर मण्डलामा दैनिक बिहान नौ बजेदेखि १२ बजेसम्म ३ घण्टा धर्नामा बस्दै आएका छन् । 

    उनीहरुले आफूहरुलाई गरिखान समेत नदिएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्दै आएका छन् । समूहले सरकारले आफूहरुमाथि अत्याचार गरेको उनीहरुको गुनासो थियो । 

    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - १४:१७:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij