Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

पासपोर्ट छपाई प्रकरण : महानिर्देशक अर्यालसहित ७ जनाको बयान पूरा, थुनछेक बहस सुरु

पासपोर्ट छपाई प्रकरण : महानिर्देशक अर्यालसहित ७ जनाको बयान पूरा, थुनछेक बहस सुरु


  • 1.8K
    Shares

    पासपोर्ट छपाई प्रकरण : महानिर्देशक अर्यालसहित ७ जनाको बयान पूरा, थुनछेक बहस सुरु
    images

    काठमाडौं । ई-पासपोर्ट छपाइ अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दा खेपिरहेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको बयान पूरा भएको छ। 

    विशेष अदालतमा बयान सकिएसँगै बुधबारबाटै आरोपीहरूविरुद्ध थुनछेक बहस सुरु भएको छ।विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा प्रतिवादीहरूको बयान लिने कार्य सम्पन्न भएको हो। थुनछेक बहस सकिएपछि अदालतले आजै आरोपीहरूलाई धरौटीमा छाड्ने वा थुनामा पठाएर मुद्दाको पुर्पक्ष गर्ने (थुनछेक आदेश) भन्नेबारे निर्णय दिनेछ। 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई-पासपोर्ट छपाइ प्रक्रियामा व्यापक अनियमितता भएको ठहर गर्दै सोमबार विशेष अदालतमा १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबीसहित मुद्दा दायर गरेको थियो। विभागले आह्वान गरेको दुई वटा प्याकेजको बोलपत्रमा सरकारी अधिकारी र विदेशी कम्पनीका प्रतिनिधिबिच आपसी मिलेमतो गरी राज्य कोषलाई अर्बौँको नोक्सानी पुर्‍याएको अख्तियारको अनुसन्धान निष्कर्ष छ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक अर्यालसहित निर्देशक सुनिल कुमार के।सी, तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य, तत्कालीन शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाईँ, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव (कानुन) राजाराम दाहाल र जर्मनी कम्पनी मुल्हबाउरका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्लसहितलाई अदालतमा उपस्थित गराएको थियो ।

     

    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - १४:०९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij