Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

हाडनाता करणीपछि जन्मिएको शिशुको हत्या आरोपमा बाबु-छोरी पक्राउ

हाडनाता करणीपछि जन्मिएको शिशुको हत्या आरोपमा बाबु-छोरी पक्राउ


  • 1.1K
    Shares

    हाडनाता करणीपछि जन्मिएको शिशुको हत्या आरोपमा बाबु-छोरी पक्राउ
    images

    काठमाडौं । हाडनाता करणीपछि जन्मिएको शिशुको हत्या गरेको आरोपमा झापा प्रहरीले शिवसताक्षी नगरपालिका निवासी बाबु-छोरीलाई पक्राउ गरेको छ। 

    जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गएको वैशाख २ गते शिवसताक्षीस्थित झिलझिलेको खाली जमिनमा गाडिएको अवस्थामा नवजात शिशुको शव फेला परेको थियो। 

    उक्त शिशुको हत्या आरोपमा छोरी (परिवर्तित नाम झिलझिले केआई) र हाडनाता करणी आरोपमा बुवा (परिवर्तित नाम झिलझिले एल)लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। युवतीले बच्चा जन्मिएपछि बुवाको सल्लाह अनुसार नै हत्या गरेर गाडेको बयान दिएकी जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी रञ्जन अवाले जानकारी दिए। 

    छोरी गर्भवती भएको जानकारी पाएपछि बुवा कामको लागि भन्दै रोल्पा गएका थिए। बुवा रोल्पामै हुँदा छोरीले शिशुलाई जन्म दिएर हत्या गरेको खुलेको छ। प्रहरीका अनुसार उनलाई रोल्पा प्रहरीको सहयोगमा पक्राउको प्रयास भएपछि उनी फरार हुँदा प्रहरी सफल भएको थिएन। 

    रोल्पाबाट भागेर इलाम आएर लुकिछिपी बसेको सूचना पाएपछि गएको प्रहरीले यही असार ३ गते इलामको सूर्योदय नगरपालिका- १० फिकल बजारस्थित मन्त्र होटलबाट उनलाई पक्राउ गरेको हो। उनीसँगै छोरी पनि पक्राउ परेकी छन्। 

    पक्राउपछि बुवालाई अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको र छोरीलाई काँकडभिट्टास्थित आफन्त नेपालमा राखिएको प्रहरीले जनाएको छ। उनीहरूविरुद्ध गएको वैशाख १० गते नै हाडनाता करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।  
     

    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - १३:५८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij