Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

११ जिल्लामा बर्ड फ्लु : मासु खान मिल्छ की मिल्दैन ?

११ जिल्लामा बर्ड फ्लु : मासु खान मिल्छ की मिल्दैन ?


  • 2.2K
    Shares

    ११ जिल्लामा बर्ड फ्लु : मासु खान मिल्छ की मिल्दैन ?
    images

    काठमाडौं ।  देशका विभिन्न ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण फैलिएको छ । संक्रमण नियन्त्रणका लागि हालसम्म ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट गरिसकिएको छ भने लाखौँ अण्डा र ठूलो परिमाणमा दाना पनि नष्ट गरिएको छ । 

    संक्रमण फैलिन थालेसँगै सर्वसाधारणमा कुखुराको मासु र अण्डा सेवनबारे त्रास र अन्योल बढेको छ । पशु सेवा विभागका अनुसार झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लु संक्रमण पुष्टि भएको छ । 

    सङ्क्रमण नियन्त्रणका क्रममा हालसम्म ५ लाख ६९ हजार ८५८ वटा कुखुरा, ९ लाख ८९ हजार ३१३ वटा अण्डा तथा १ लाख ९५ हजार ४८५ किलोग्राम दाना नष्ट गरिएको विभागले जनाएको छ।

    प्रयोगशालामा गरिएको परीक्षणबाट बर्ड फ्लुका एच–फाइभ एन–वान, एच–नाइन एन–टु तथा न्युक्यासल रोगका भाइरस सक्रिय रहेको पाइएको छ । यद्यपि, कोशी प्रदेशमा पछिल्लो एक महिनाभित्र संक्रमण नियन्त्रणमा ल्याउन सफल भएको विभागको दाबी छ।

    मासु खान मिल्छ कि मिल्दैन ?

    बर्ड फ्लु फैलिएपछि अब कुखुराको मासु खान सुरक्षित छ कि छैन ? भन्ने प्रश्न धेरै उपभोक्ताको मनमा उठेको छ । यस विषयमा पशु सेवा विभागका पशु चिकित्सक डा. मुकुल उपाध्याय राम्ररी पकाइएको कुखुराको मासु सेवन गर्दा बर्ड फ्लु सर्ने जोखिम नहुने बताउँछन् । 

    कुखुराको मासु राम्रोसँग पकाएर वा उमालेर खाँदा बर्ड फ्लु सरेको अहिलेसम्म विश्वमै कुनै प्रमाण भेटिएको छैन, डा. उपाध्यायले भने, स्वस्थ कुखुरा बध गरेर त्यसको मासु सेवन गर्दा स्वास्थ्यका हिसाबले कुनै जोखिम हुँदैन, त्यसैले उपभोक्ताले अनावश्यक त्रास मान्नु पर्दैन । उनले संक्रमित क्षेत्रका कुखुरा बजारसम्म पुग्न नदिइने भएकाले उपभोक्ताले पाउने मासु सामान्यतया स्वस्थ हुने बताए ।

    ‘संक्रमण पुष्टि हुनेबित्तिकै सम्बन्धित फार्मका सबै कुखुरा नष्ट गरिन्छन् । त्यसैले संक्रमित कुखुराको मासु बजारमा पुग्ने सम्भावना हुँदैन’ उनले भने । 

    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - १२:४७:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij