Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विद्यार्थी कुटपिट आरोपमा प्रधानाध्यापक पक्राउ

विद्यार्थी कुटपिट आरोपमा प्रधानाध्यापक पक्राउ


  • 1.4K
    Shares

    विद्यार्थी कुटपिट आरोपमा  प्रधानाध्यापक पक्राउ
    images

    काठमाडौं । बैतडीमा एक विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्। जिल्लाको पुर्चौंडी नगरपालिका–९, तल्लादेहीस्थित खेती माध्यमिक विद्यालयका प्रधानाध्यापक धवलसिंह भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार प्रधानाध्यापक भण्डारीमाथि सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत १२ वर्षीय विद्यार्थी तेजसिंह भण्डारीलाई कुटपिट गरेको आरोप लागेको छ।

    प्रहरीका अनुसार बिहीबार बिहान करिब पौने १२ बजे प्रधानाध्यापक भण्डारीले विद्यार्थीमाथि हातखुट्टाले प्रहार गरी घाइते बनाएका थिए। कुटपिटबाट घाइते भएका विद्यार्थी तेजसिंह भण्डारीको तल्लादेही स्वास्थ्यचौकीमा प्रारम्भिक उपचार गरिएको थियो। थप उपचारका लागि उनलाई धनगढी पठाइएको प्रहरीले जनाएको छ।

    घटनापछि प्रधानाध्यापक भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। विद्यालयमा शिक्षकबाट विद्यार्थीमाथि भएको कुटपिटको घटनाले स्थानीय स्तरमा चासो र चर्चा बढाएको छ।

    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - १२:१५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij