Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु


  • 1.0K
    Shares

    श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    images

    काठमाडौं । गुल्मीको इस्मा गाउँपालिकामा श्रीमानको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार इस्मा गाउँपालिका–५ रातामाटाका ४१ वर्षीय यमबहादुर कुमालले मादक पदार्थ सेवन गरी आफ्नी ३७ वर्षीया श्रीमती मुना कुमालमाथि दाउराको चिर्पटले प्रहार गरेका थिए।

    कुटपिटबाट शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर अचेत भएकी मुनालाई सूचना प्राप्त हुनासाथ प्रहरी चौकी धनार्जेबाट खटिएको टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल तम्घास पुर्‍याएको थियो । उपचारकै क्रममा बुधवार बिहान चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

    घटनामा संलग्न यमबहादुर कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक विवेक घलेको नेतृत्वमा अनुसन्धान टोली खटाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख भीमकिरण बोगटीले जानकारी दिए।

    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - १२:०१:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij