२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई गैरकानूनी ढंगले थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर बन्दी प्रत्यक्षीकरणको रिट उपरको बहस सकिएको छ।
पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेको उक्त रिटउपर सुनुवाइका लागि न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासमा पेशी चढेको थियो। दायर रिटमा राजनीतिक प्रतिशोध राखेर, बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएको दाबी गर्दै दोमायाले पौडेलको तत्काल रिहाइको आदेश माग गरेको छ।
पक्राउ पुर्जी र प्रमाणमाथि अधिवक्ताहरूको प्रश्नबहसका क्रममा पौडेलको पक्षबाट बहस गर्दै वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई, रमेश बडाल, र ईश्वरी भट्टराईले पौडेललाई जरुरी पक्राउ पुर्जी जारी गर्नुपर्ने कुनै विशेष परिस्थिति वा अवस्था नरहेको जिकिर गरे।
पौडेलमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दिपक भट्ट र कमलकिशोर मालपानी समूहको शेयर लेनदेनमा चिनजान गराइदिएको बयानका आधारमा पक्राउ गरी मंगलबार ५ दिनको म्याद थप गरेको थियो ।
पौडेललाई सोमबार सुर्खेतमा कार्यक्रममा सहभागी भइरहेको बेला पक्राउ गरी रातारात सार्वजनिक गाडीमा राखेर काठमाडौं ल्याइएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij