Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

इन्धनको मूल्य नघटाएको भन्दै सरकार र आयल निगमप्रति कांग्रेस महामन्त्री पौडेल रुष्ट

इन्धनको मूल्य नघटाएको भन्दै सरकार र आयल निगमप्रति कांग्रेस महामन्त्री पौडेल रुष्ट


  • 1.3K
    Shares

    इन्धनको मूल्य नघटाएको भन्दै सरकार र आयल निगमप्रति कांग्रेस महामन्त्री पौडेल रुष्ट
    images

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आउँदा पनि नेपाली उपभोक्तालाई राहत नदिएको भन्दै सरकार र नेपाल आयल निगमप्रति तीव्र आक्रोश व्यक्त गरेका छन्। 

    सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महामन्त्री पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७.६३ डलरको उच्चतम बिन्दुबाट घटेर ६९.२१ डलरमा झरिसक्दा पनि नेपाली उपभोक्ताले पुरानै महँगो दरमा इन्धन किन्नुपर्ने अवस्था रहनु दुःखद भएको बताएका छन् । 

    अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ र राहत आम नागरिकले सहजै पाउनुपर्ने होइन र ? पौडेलले प्रश्न गरेका छन् ।

    मूल्य किन घटेन भन्ने जनगुनासो आउँदा आयल निगमले ‘कच्चा होइन, प्रशोधित तेल किन्ने भएकाले तुरुन्तै मूल्य घट्दैन’ भनी बहाना बनाउने गरेको भन्दै उहाँले असन्तुष्टि जनाउनुभएको छ । कच्चा र प्रशोधित तेलको मूल्य समायोजनमा केही समय अन्तर परे पनि कच्चा तेलको ठुलो गिरावटले प्रशोधित तेलको लागत पनि सोही अनुपातमा घटाउने उहाँको तर्क छ ।

    स्वचालित मूल्य प्रणालीमाथि प्रश्नलामो समय बितिसक्दा पनि मूल्य घटेको वास्तविक सूचना लुकाएर पुरानै प्राविधिक बहाना मात्र देखाउनुले सरकार र निगमभित्र सुशासनको अभाव, चरम व्यवस्थापकीय कमजोरी र पारदर्शिताको कमीलाई छर्लङ्ग पारेको पौडेलले उल्लेख गएका छन्  ।

    नियमित १५-१५ दिनमा आउने नयाँ मूल्यसूची अनुसार स्वचालित मूल्य प्रणाली लागू गरी मूल्य बढाउने र घटाउने दुवै काम सहज रूपमा हुनुपर्ने उहाँको माग छ । महामन्त्री पौडेलले लेख्नुभएको छ, "भाउ बढ्ने बेलामा तुरुन्तै लागू हुने, घट्ने बेलामा चाहिँ लागू नहुने ? घाटा हुँदा उपभोक्ताले महँगो मूल्य तिरेर साथ दिने, अनि सस्तो हुँदा चाहिँ राहत नपाउने ?"

     

     

    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - ११:२४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij