Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

म्याग्दीमा पहिरोले गाडी पुरिँदा एक जनाको मृत्यु

म्याग्दीमा पहिरोले गाडी पुरिँदा एक जनाको मृत्यु


  • 1.5K
    Shares

    म्याग्दीमा पहिरोले गाडी पुरिँदा एक जनाको मृत्यु
    images

    काठमाडौं । म्याग्दीमा पहिरोले गाडी पुरिँदा एक जनाको मृत्यु भएको छ। अन्नपूर्ण गाउँपालिका-६ महभिरस्थित बेनी-जोमसोम सडकखण्डमा गएराति पहिरो खस्दा एउटा ईभी गाडी पुरिएको हो। 

    सो दुर्घटनामा गाडी चालक पर्साको वीरगन्ज महानगरपालिका(२१ बस्ने २३ वर्षीय सोहेल मियाको मृत्यु भएको प्रहरीले जनाएको छ।गएराति करिब २ बजे ढुंगा माटोसहितको पहिरो खस्दा नम्बर नखुलेको ईभी गाडी पुरिएको हो।

    घटनाको जानकारी पाउँने बित्तिकै जिल्ला प्रहरी कार्यालय म्याग्दी र गुल्म हेक्वाबाट सशस्त्र सहितको संयुक्त उद्धार टोली घटनास्थलमा खटिएको थियो।

    उद्धार टोलीले गाडीभित्र रहेका मियालाई निकालेर उपचारका लागि प्रदेश अस्पताल बेनी पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका हुन्।

    पहिरोका कारण-बेनी जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।  पहिलो पन्छाएर बेनी–जोमसोम सडकखण्ड खुलाउने प्रयास जारी रहेको पनि प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :आषाढ ११ २०८३ बिहिवार - ११:१४:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij