Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

महाधिवेशन नसकिँदै चितवन छाड्न थाले रास्वपाका नेता र कार्यकर्ता

महाधिवेशन नसकिँदै चितवन छाड्न थाले रास्वपाका नेता र कार्यकर्ता


  • 1.1K
    Shares

    महाधिवेशन नसकिँदै चितवन छाड्न थाले रास्वपाका नेता र कार्यकर्ता
    images

    काठमाडौं । चितवनको भरतपुरमा गत आइतबारदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० महाधिवेशनको व्यवस्थापकीय पक्ष भद्रगोल देखिएको छ ।

    महाधिवेशन भद्रगोल बनेसँगै नयाँ नेतृत्व चयनका लागि चितवन पुगेका महाधिवेशन प्रतिनिधिहरू दिक्क मान्दै घर फर्कन थालेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह महाधिवेशन नसकिँदै काठमाडौँ फर्केका छन् । प्रधानमन्त्री शाह बुधबार दिउँसो काठमाडौँ फर्केका हुन्।  

    उद्घाटन सत्र सकिएपछि नियमित कार्यसूची अनुसार महाधिवेशनका अन्य प्रक्रिया अघि नबढ्दा महाधिवेशन भद्रगोलमा परिणत भएको हो।  यसैबिच बुधबार दिउँसो सम्म पनि निर्वाचन प्रक्रिया सुरु नभएपछि केही महाधिवेशन प्रतिनिधिहरूले निर्वाचन आयोगका पदाधिकारीसँग जवाफ माग्दै होहल्ला र लफडा गरेका छन् ।

    उद्घाटनको दोस्रो दिन सुरु हुनुपर्ने बन्दसत्र तेस्रो दिन सुरु हुनु त्यो पनि प्रतिवेदनहरूमाथि छलफल नै नगरी पास गर्नु, निर्वाचन प्रक्रिया चौथो दिन बित्न लाग्दा पनि सुरु नहुनुजस्ता कारणले प्रतिनिधिहरू दिक्दार मान्दै घर फर्कन लागेका हुन् ।

    महाधिवेशनमा सहभागी हुन झण्डै ४२ सय प्रतिनिधिहरू चितवन पुगेका थिए । सभापति सहित १ सय केन्द्रीय सदस्यको निर्वाचन गर्ने गरी सुरु भएको महाधिवेशनमा सभापति पदमा रवि लामिछाने निर्विरोध भैसकेका छन् । 

    प्रकाशित मिति :आषाढ १० २०८३ बुधवार - १६:१७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij