Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

गाईको बिगौती खाँदा ९ जना बिरामी, दुई सिकिस्त

गाईको बिगौती खाँदा ९ जना बिरामी, दुई सिकिस्त


  • 1.3K
    Shares

    गाईको बिगौती खाँदा ९ जना बिरामी, दुई सिकिस्त
    images

    काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका-६, जोगितालमा गाईको बिगौती खाँदा ९ जना बिरामी परेका छन्। बिरामीमध्ये दुई जनाको आईसीयूमा उपचार भइरहेको छ।

    स्थानीय रेशम थापाको होलिस्टिन जातको गाई असार ८ गते ब्याएको थियो। गाईले धेरै दूध दिएपछि थापाले दूध पकाएर छिमेकीहरूलाई बिगौती दूधका रूपमा वितरण गरेका थिए। उनले ८-९ घरपरिवारमा दूध बाँडेको बताएका छन्।

    दूध सेवन गरेको भोलिपल्टदेखि केही व्यक्तिहरूमा झाडापखाला, बान्ता र उच्च ज्वरोको समस्या देखिएको थियो। बिरामी युनिक थिङका बुबा गोपिराम थिङका अनुसार बिगौती खाएपछि परिवारका सदस्यहरूमा स्वास्थ्य समस्या देखिन थालेको हो।

    मनहरी अस्पतालकी प्रमुख डा. रश्मि झाका अनुसार बिरामीमध्ये तीन जनालाई थप उपचारका लागि भरतपुर रिफर गरिएको छ। तीन जना मनहरी अस्पतालमै उपचाररत छन्। अन्य बिरामीहरू पनि विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।

    गम्भीर अवस्थाका एम्सन मुक्तान र एल्सन मुक्तानको भरतपुरस्थित पुरानो मेडिकल कलेजको आईसीयूमा उपचार भइरहेको छ। अर्का एक जना सोही अस्पतालमा भर्ना छन्।

    यस्तै तीन जनाको भरतपुर सरकारी अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ। दूध वितरण गरेका रेशम थापाले केहीलाई मात्रै समस्या देखिएको र केहीले दूध खाँदा कुनै असर नपरेको बताए।

    घटनापछि उनले दूधको नमुना परीक्षणका लागि मनहरी अस्पतालमा बुझाइसकेका छन्। परीक्षण प्रतिवेदनपछि बिरामी हुनुको वास्तविक कारण खुल्ने बताइएको छ। घटनाबारे थप अनुसन्धान गर्न मनहरी गाउँपालिकाको टोली र मनहरी अस्पतालका चिकित्सकहरूको टोली बुधबार जोगिताल पुगेको छ।

    प्रकाशित मिति :आषाढ १० २०८३ बुधवार - १६:०३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij