Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेप्सेमा लगातार गिरावट

नेप्सेमा लगातार गिरावट


  • 1.4K
    Shares

    नेप्सेमा लगातार गिरावट
    images

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार शेयर बजार घटेर बन्द भएको छ । आज नेप्से परिसूचक १४.४५ अंकले घटेर २,६६० को विन्दुमा कायम भएको छ । 

    आज ६२ कम्पनीको शेयर मूल्य बढेको छ भने २०२ कम्पनीको शेयर मूल्य घटेको छ । आज दिनभरिमा ३३८ कम्पनीको १ करोड ७ लाख ७७ हजार ५८२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४१ करोड माथिको शेयर कारोबार भएको छ ।

    आज फाइनान्स र व्यापार समुहका उपसूचक बाहेक सबै उपसूचक राताम्य बनेका छन् । यसदिन उत्पादन तथा प्रशाेधन १.१० र अन्य समुहकाे उपसूचक १.०२ प्रतिशत घटेकाे छ।

    आज सबैभन्दा धेरै आँखुखोला जलविद्युतको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ६२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सोपान फर्मास्यूटिकल्सको १७ करोड २२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यूनाइटेड मोदी हाइड्रोपावरको ११ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै टक्सार पिखुवाखोलाका लगानीकर्ताले कमाएको छ । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएको छ । 

    gbhg.JPG

    प्रकाशित मिति :आषाढ १० २०८३ बुधवार - १५:१९:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij