२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन अन्तर्गत आज नयाँ केन्द्रीय सदस्य चयनका लागि मतदान हुँदैछ। अहिले महाधिवेशनस्थलमा उम्मेदवारहरूमाथिको दाबी–विरोध तथा छानबिनको काम भइरहेको छ।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार दाबी–विरोधको प्रक्रिया सकिएलगत्तै मतदान सुरु हुनेछ। ‘अबको २–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ,’ महामन्त्री बुर्लाकोटीले भने, ‘पार्टीको यो पहिलो महाधिवेशन भएकाले अनुभवको केही कमीका कारण व्यवस्थापनमा सामान्य ढिलाइ भएको हो।’
महाधिवेशनलाई निष्पक्ष र व्यवस्थित बनाउन रास्वपाको निर्वाचन आयोगले तीव्र रूपमा काम गरिरहेको जानकारी पनि उनले दिएका छन्। नयाँ नेतृत्व र केन्द्रीय समिति चयनका लागि हुन लागेको यो मतदानलाई सर्वत्र चासोका साथ हेरिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij