Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

साढे १६ लाखसहित न्यूरोडबाट एक भारतीय पक्राउ

साढे १६ लाखसहित न्यूरोडबाट एक भारतीय पक्राउ


  • 841
    Shares

    • images
    साढे १६ लाखसहित न्यूरोडबाट एक भारतीय पक्राउ
    images

    काठमाडौं । साढे १६ लाख नगदसहित न्यूरोडबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको राजस्थान घर भएका ४४ वर्षीय दिलिप अग्रवाल रहेका छन् । 

    प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले मंगलबार उनलाई पक्राउ गरेको हो । न्यूरोडमा मोबाइल होम नामक ईलेक्ट्रिक पसल सञ्चालन गरेका उनीबाट स्रोत नखुलेको उक्त रकम बरामद भएको प्रहरीको भनाइ छ ।

    यसका साथै काठमाडौं महानगरपालिका-२२ प्युाखाबाट साढे ८ लाखसहित प्रहरीले नुवाकोटका २२ वर्षीय सविन तामाङ र बाफल बस्ने ७३ वर्षीय विनोद अग्रवाललाई पक्राउ गरेको छ । यो रकमको पनि स्रोत नखुलेको प्रहरीले बताएको छ ।  

     

    images
    प्रकाशित मिति :आषाढ १० २०८३ बुधवार - १३:४८:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij