Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

नेपाल प्रहरीको तलब अब महिनामा दुई पटक भुक्तानी हुने (पत्रसहित)

नेपाल प्रहरीको तलब अब महिनामा दुई पटक भुक्तानी हुने (पत्रसहित)


  • 1.6K
    Shares

    नेपाल प्रहरीको तलब अब महिनामा दुई पटक भुक्तानी हुने (पत्रसहित)
    images

    काठमाडौं । नेपाल प्रहरीका कर्मचारीहरूले अब आर्थिक वर्ष २०८३\८४ देखि महिनाको दुई पटक ९हरेक १५ दिनमा० तलबभत्ता पाउने भएका छन्। यो नयाँ व्यवस्था कार्यान्वयन गर्न नेपाल प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालयहरूलाई निर्देशन दिएको हो।

    नेपाल प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग (बजेट शाखा) ले जारी गरेको परिपत्र अनुसार, अर्थ मन्त्रालयको निर्णय र महालेखा नियन्त्रक कार्यालयको पत्रको आधारमा आगामी आर्थिक वर्षदेखि राष्ट्रसेवक कर्मचारीहरूको तलबभत्ता अर्धमासिक रूपमा भुक्तानी गर्ने व्यवस्था मिलाइएको छ।

    प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हिमालयकुमार श्रेष्ठद्वारा हस्ताक्षरित परिपत्रमा आगामी आर्थिक वर्षदेखि प्रत्येक महिनाको १५ दिन बितेपछि तलबभत्ता भुक्तानी गर्न आवश्यक व्यवस्था मिलाउन सबै बजेट सञ्चालन गर्ने कार्यालयहरूलाई निर्देशन दिइएको छ।

    साथै, नेपाल प्रहरी प्रधान कार्यालयको कल्याण महाशाखालाई समेत सम्बन्धित आर्थिक प्रणालीहरू नयाँ व्यवस्थाअनुसार अद्यावधिक तथा व्यवस्थित गर्न अनुरोध गरिएको छ। यो व्यवस्था लागू भएपछि प्रहरी कर्मचारीहरूलाई आफ्नो घरायसी र व्यक्तिगत खर्च व्यवस्थापन गर्न थप सहज हुने अपेक्षा गरिएको छ।

    nepal-police.jpg

     

    प्रकाशित मिति :आषाढ १० २०८३ बुधवार - १३:२१:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij