२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कैलालीले ठूलो परिमाणको लागूऔषध खैरो हिरोइनसहित १० जनालाई पक्राउ गरेको छ।
जिल्लाका विभिन्न स्थानहरूबाट कुल ४० ग्राम ५९० मिलीग्राम खैरो हिरोइनसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलाली, यस मातहतका प्रहरी कार्यालयहरू र लागूऔषध नियन्त्रण ब्यूरोको शाखाबाट खटिएको संयुक्त प्रहरी टोलीले विशेष अपरेसनका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूको विस्तृत विवरण नखुलाइए पनि उनीहरूमाथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij