Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

तराईको तापक्रम ४० डिग्री नाघ्यो, सतर्कता अपनाउन आग्रह

तराईको तापक्रम ४० डिग्री नाघ्यो, सतर्कता अपनाउन आग्रह


  • 862
    Shares

    • images
    तराईको तापक्रम ४० डिग्री नाघ्यो, सतर्कता अपनाउन आग्रह
    images

    काठमाडौं । तराई क्षेत्रमा निरन्तर तापक्रम वृद्धि भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले तराई भेगका सर्वसाधारणलाई तातोबाट जोगिन र सावधानी अपनाउन आग्रह गरको छ ।

    जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले आगामी तीन दिनसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावा चल्ने पूर्वानुमान गरिएको जानकारी दिँदै बागमती र गण्डकी प्रदेशमा पनि तापक्रम बढ्ने सम्भावना भएकाले सावधानी अपनाउन अनुरोध गरे ।

    आगामी दिनमा धनगढीमा अधिकतम तापत्रमक्रम ४० डिग्री सेल्सियस र नेपालगञ्ज र भैरहवाको तापक्रम ४१ डिग्री सेल्सियस पुग्ने विभागको पूर्वानुमान उनले सुनाइन् । वीरेन्द्रनगर र घोराहीको तापक्रम पनि बढ्ने छ ।

    ती क्षेत्रका सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक दिउँसो घरबाहिर ननिस्कन, पर्याप्त पानी पिउन तथा स्वास्थ्यमा विशेष सावधानी अपनाउन प्रवक्ता पोखरेलले आग्रह गरेकी छिन् ।

    images
    प्रकाशित मिति :आषाढ १० २०८३ बुधवार - १२:३८:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij