२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चितवनमा जारी पार्टीको प्रथम महाधिवेशन बिचमै छाडेर बुधबार बिहान आफ्नो टोलीसहित काठमाडौँ फर्किएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि मतदान गर्ने तयारी भइरहेका बेला बालेनको टिम भने बिहान ११ बजेतिर चितवनबाट बुद्ध एयर चढेर काठमाडौँ प्रस्थान गरेका हुन्।
बालेनले उद्घाटन सत्रमा सम्बोधन गरेका थिए । तर, उनी बन्दसत्रमा सहभागी भएका थिएनन् । पछि उनले रवि लामिछानेलाई सभापतिमा समर्थन गरेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij