२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । हुम्लामा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।
बुधबार सिमकोट गाउँपालिका-७ धारापोरीस्थित ताङलाथुङ हिल्सा सडक खण्डमा कर्णाली प्रदेश ०२-००१ ज ०७०१ नम्बरको जिप दुर्घटना हुँदा ४ जना घाइते भएका हुन् ।
दुर्घटनामा जिप चालक जिल्ला सुर्खेत बराहताल गाउँपालिका ७ बस्ने २८ वर्षीय रमेश सिजापति, जिल्ला हुम्ला सिमकोट गाउँपालिका ७ ताङलाथुङ बस्ने २८ वर्षीय गंगबहादुर शाही, ५५ वर्षीया गंगसरा शाही र ४० वर्षीय गोकुल शाही घाइते भएका छन् ।
घाइतेहरूलाई तत्कालै उद्धार गरी जिल्ला अस्पताल सिमकोट पठाइएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij