Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

लागूऔषध सेवन गरी सवारी चलाउने ५ चालक पक्राउ

लागूऔषध सेवन गरी सवारी चलाउने ५ चालक पक्राउ


  • 2.0K
    Shares

    लागूऔषध सेवन गरी सवारी चलाउने ५ चालक पक्राउ
    images

    काठमाडौं । जिल्ला प्रहरी कार्यालय बागलुङले लागूऔषध सेवन गरी सार्वजनिक सवारी साधन चलाउने ५ जना चालक र १ जना सह-चालकलाई नियन्त्रणमा लिएको छ। गत असार ८ गते बागलुङ नगरपालिका वडा नं. ०१, मालढुङ्गास्थित सडक खण्डमा गरिएको नियमित चेकिङका क्रममा उनीहरू पक्राउ परेका हुन्।

    जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला ट्राफिक कार्यालय र प्रहरी चौकी मालढुङ्गाको संयुक्त टोलीले सार्वजनिक सवारीका चालक तथा सह–चालकहरूलाई लागूऔषध सेवन किटमार्फत परीक्षण गरेको थियो।

    परीक्षणका क्रममा लागूऔषध सेवन गरी सवारी चलाएको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूलाई असार ९ गते बागलुङ जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट सात दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ। 

    पक्राउ पर्नेहरूमा गणेश शर्मा,  ढाकाराम तिवारी,  शंकर शर्मा,  विशाल किसान, सुनिल सार्की र सह–चालक अविनास सार्की रहेका छन् । 

     

    प्रकाशित मिति :आषाढ १० २०८३ बुधवार - १०:४१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij