Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सुनसरीमा डाक्टरले चलाएको कारसँग ठोक्किँदा वरिष्ठ सई यादवको मृत्यु, पत्नी घाइते

सुनसरीमा डाक्टरले चलाएको कारसँग ठोक्किँदा वरिष्ठ सई यादवको मृत्यु, पत्नी घाइते


  • 2.3K
    Shares

    सुनसरीमा डाक्टरले चलाएको कारसँग ठोक्किँदा वरिष्ठ सई यादवको मृत्यु, पत्नी घाइते
    images

    काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लालुकुमार यादवको सुनसरीमा भएको सवारी दुर्घटनामा मृत्यु भएको छ भने उनकी पत्नी रामपरी यादव घाइते भएकी छन् ।

    मंगलबार दिउँसो करिब १२ बजे बर्जू गाउँपालिका–६ स्थित नरह चोकमा भएको दुर्घटनामा प्रदेश १–०२–००२ च ६२५२ नम्बरको विद्युतीय कार र प्रदेश १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक यादवलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होम लगिएको थियो। उपचारकै क्रममा दिउँसो चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

    दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उनकी पत्नी रामपरी यादव घाइते भएकी छन् । उनको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मृतक यादव सप्तरीको विष्णुपुर गाउँपालिका–१ निवासी हुन् । उनी हालै सईबाट वरिष्ठ सईमा बढुवा भई जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा भएका थिए । सिराहामा हाजिर हुन जाने क्रममा उनी दुर्घटनामा परेका हुन् ।

    दुर्घटनामा संलग्न कार मोरङको कटहरी गाउँपालिका–३ निवासी रेडियोलोजिस्ट डा। राजेन्द्र चौधरीले चलाएका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ । डा।चौधरी नेपाल मेडिकल एसोसिएसन विराटनगर शाखाका अध्यक्षसमेत हुन् ।

    प्रहरीका अनुसार घटनाको कारणबारे थप अनुसन्धान जारी छ । प्रत्यक्षदर्शीहरूले कार तीव्र गतिमा रहेको बताएका छन् । दुर्घटनापछि मोटरसाइकलमा आगलागीसमेत भएको थियो, जसलाई स्थानीयवासीको सहयोगमा तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ १० २०८३ बुधवार - १०:१७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij