Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

विष्णु पौडेल पक्राउको विरोधमा एमालेले संसद्‌मा प्रतिवाद गर्ने

विष्णु पौडेल पक्राउको विरोधमा एमालेले संसद्‌मा प्रतिवाद गर्ने


  • 1.5K
    Shares

    विष्णु पौडेल पक्राउको विरोधमा एमालेले संसद्‌मा प्रतिवाद गर्ने
    images

    काठमाडौं । नेकपा एमाले संसदीय दलले उपाध्यक्ष विष्णु पौडेललाई सुनियोजित ढङ्गले पक्राउ गरेको भन्दै संसद्‌मा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ । 

    मङ्गलबार पार्टी कार्यालय च्यासलमा अध्यक्ष केपी शर्मा ओलीसहित बसेको बैठकले यस्तो निर्णय गरेको सांसद गुरु बरालले जानकारी दिएका छन् । 

    बैठकले मुलुकमा विधिको शासन बहाल गर्न र सरकारी स्वेच्छाचारी अराजक कदमहरुविरुद्ध आवाज उठाउने निर्णय पनि गरेको छ । बैठकमा अध्यक्ष ओलीले संसद्‌मा खेल्नुपर्ने भूमिकाका बारेमा ब्रिफिङ गरेका थिए । बैठकले सात बुँदे प्रस्ताव पारित गरेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए। ‘

    संसदीय दलको बैठक लगत्तै एमालेको सचिवालय बैठक अध्यक्ष ओली निवास गुण्डुमा बस्दै छ । पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा प्रहरीले सोमबार सुर्खेतबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ ।

     

    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - १७:५९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij