२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्यता लिनेको संख्या ५ लाख २३ हजार ४६५ रहेको छ।
महामन्त्री कविन्द्र बुर्लाकोटीले चितवनमा जारी महाधिवेशनमा पेस गरेको साङ्गठनिक प्रतिवेदनमा उक्त संख्यामा सदस्यहरू रहेको खुलाएका छन्।
महामन्त्री बुर्लाकोटीको प्रतिवेदन अनुसार त्यसमध्ये पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७८९ रहेको छ भने महिलाको संख्या ८९ हजार ८९६ छ।
जसमध्ये सबैभन्दा धेरै मधेस प्रदेशमा सदस्य रहेका छन्। मधेस प्रदेशमा कुल सदस्यको २३.३ प्रतिशत, बागमतीमा २०.५ प्रतिशत, कोशी १४ प्रतिशत, लुम्बिनी १४.५ प्रतिशत, गण्डकी ११.८ प्रतिशत, सुदूरपश्चिम १०.६ र कर्णालीमा ५.२ प्रतिशत सदस्य रहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij