२०८३ आश्विन २ गते शुक्रवार
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सरकारले शिक्षा क्षेत्रलाई पनि बेहाल बनाएको टिप्पणी गरेका छन् ।
मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभामा रहेको विपक्ष दलहरु नेपाली काँग्रेसका सांसद जगत तिमिल्सिना, नेकपा (एमाले) की सांसद सम्झना देवकोटा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद घनश्याम रिजालले शिक्षा क्षेत्रलाई समेत अस्तव्यस्त बनाउने गरी सरकारले अध्यादेश ल्याएको भन्दै आपत्ति जनाएका छन् ।
नेपाली काँग्रेसका सांसद तिमिल्सिनाले सरकारका हरेक गतिविधिले मुलुकलाई नै ध्वस्त बनाउने अवस्था आएको आरोप लगाएका छन् । उनले सरकारका गतिविधि भदौ २४ गते सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत जलाउने जस्तो भएको दाबी गरेका छन् । सरकारले नीति तथा कार्यक्रम ल्याउने बेलामा विश्वविद्यालयहरुको पदाधिकारी हटाउने काम गरेर गम्भिर गल्ती गरेको सांसद तिमिल्सिनाको भनाई थियो ।
नेकपा ९एमाले०की सांसद सम्झना देवकोटाले स्वदेशमा नै उच्च शिक्षा हासिल गर्ने वातावरण बनाउन सरकारसँग माग गरेकी छन् । उनले नेपाल जस्तो उपयुक्त वातारण भएको मुलुकमा वाह्य मुलुकलाई विद्यार्थीलाई पनि सरकारले उच्च शिक्षा अध्ययनका लागि आकर्षित गर्ने खालको कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याए ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले सरकारले ल्याएको विश्वविद्यालयसम्बन्धि अध्यादेशले मुलुकका शिक्षा क्षेत्रमा ठूलो समस्या खडा गरेको बताएका छन् ।उनले विश्वविद्यालयहरुश्रको पदाधिकारी तत्काल नियुक्त गरी त्यहाँ देखिएका समस्या समाधान गराउनका लागि पनि सरकारलाई सचेत गराएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij