Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

कालिञ्चोक दर्शन गरी फर्किँदै गरेको कार दुर्घटना, ६ जना घाइते

कालिञ्चोक दर्शन गरी फर्किँदै गरेको कार दुर्घटना, ६ जना घाइते


  • 1.7K
    Shares

    कालिञ्चोक दर्शन गरी फर्किँदै गरेको कार दुर्घटना, ६ जना घाइते
    images

    काठमाडौं । दोलखाको कालिञ्चोक माताको दर्शन गरी फर्किँदै गरेको कार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

    प्रहरीका अनुसार भीमेश्वर नगरपालिका-६ भुतपोखरी नजिकै बा १५ च १४९२ नम्बरको कार मंगलबार आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १३ मिटर तल खसेर दुर्घटना भएको थियो ।

    दुर्घटना परी काठमाडौंको शंकरापुर नगरपालिका-२ का ६५ वर्षीय सन्त नासुर, उनकी श्रीमती ५५ वर्षीया राम्री नासुर, छोरी २२ वर्षीया अनिता नासुर, १२ वर्षीय सुजन नासुर, ८ वर्षीय सुजित नासुर र २२ वर्षीया सुनिता तामाङ घाइते भएको प्रहरीले जनाएको छ ।

    घाइतेमध्ये सन्त, अनिता, सुजन र सुजितको अवस्था मध्यम रहेको र उनीहरूको चरिकोटस्थित च्छोरोल्पा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - १६:५७:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij