२०८३ श्रावण ११ गते सोमवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले महाधिवेशन प्रतिनिधिका रूपमा तोकिएको पाँच हजार स्वेच्छिक भएको घोषणा गरेका छन् ।
महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले तोकिएको पाँच हजार शुल्क स्वेच्छिक बनाउने घोषणा गर्दै तिरिसकेकाहरूले पनि फिर्ता लिन सक्ने बताएका छन् ।
सभापति लामिछानेले निर्वाध रूपमा उम्मेदवारी दिन आग्रह गर्दै रास्वपा पुराना पार्टी र नेताहरू जस्तो नभएको बताएका छन् । साथै उनले यसलाई र उसलाई भोट दिनु भन्ने मानिस रास्वपाको मानिस हुन नसक्ने पनि बताएका छन् ।
सभापति लामिछानेले बुद्धिमत्तापूर्वक महाधिवेशन गर्नुपर्ने भएकाले केही चुनौती आएपनि अग्रजहरूले राजनीतिक दल निर्माणका क्रममा धेरै दुख पाएका बताउँदै आफूहरूलाई दुई दिन दुस्ख भएको समेत बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij