२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि नेता प्रकाशचन्द्र परियारले उम्मेदवारी दिने भएका छन्।
चितवनमा जारी पार्टीको महाधिवेशनबाट चयन हुने नयाँ कार्यसमितिका लागि प्रतिनिधिसभाका सचेतक समेत रहेका उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन् ।
पत्रकारिता, मानवअधिकार, सामाजिक न्यायका क्षेत्रमा क्रियाशील हुँदै वैकल्पिक राजनीतिक अभियानमा सक्रिय परियारले आफ्नो अनुभव र दृष्टिकोणलाई पार्टी संगठन निर्माण तथा नीतिगत नेतृत्वमा प्रयोग गर्ने प्रतिबद्धतासहित उम्मेदवारी दिन लागेको बताएका छन् ।
मूलधारको पत्रकारिताबाट सार्वजनिक जीवन सुरु गरेका परियारले कान्तिपुर टेलिभिजनमा एक दशकभन्दा बढी समय सामाजिक तथा राजनीतिक विषयमा सक्रिय पत्रकारिता गरेका थिए। त्यस्तै, परियारले मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा पनि लामो समय काम गरेका छन्। उनले ह्युमन राइट्स जर्नालिस्ट एसोसिएसन ९एचआरजेए० को संस्थापक अध्यक्षका रूपमा काम गरेका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij