Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

ई–पासपोर्ट छपाई प्रकरणमा महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु

ई–पासपोर्ट छपाई प्रकरणमा महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु


  • 1.1K
    Shares

    ई–पासपोर्ट छपाई प्रकरणमा महानिर्देशक अर्यालसहित सात जनाको बयान सुरु
    images

    काठमाडौं । राहदानी विभागले ई-पासपोर्ट छपाई अनियमितता प्रकरणमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात जनाको विशेष अदालतमा बयान सुरु भएको छ ।

    विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा अदालतमा उपस्थित गराइएका अर्यालसहित सात जनाको बयान सुरु भएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार राहदानी छपाई प्रकरणमा विभागका महानिर्देशक अर्यालसहित निर्देशक सुनिल कुमार के।सी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, तत्कालीन शाखा अधिकृत सोमेश थापा, कम्प्युटर इन्जिनियर विपिन प्रसाईँ, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव (कानुन) राजाराम दाहाल र जर्मनी कम्पनी मुल्हबाउरका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्लसहितलाई अदालतमा उपस्थित गराएको थियो । अदालतमा उपस्थित गराइएका सात जनाको आज बयान पूरा भएमा थुनछेक बहस हुने भएको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ई९पासपोर्ट छपाई प्रकरणमा १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको ठहर गर्दै सोमबार मुद्दा दर्ता गरेको थियो । 

    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - १२:०७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij