Logo

२०८३ कार्तिक १५ गते आइतवार

२०८३ कार्तिक १५ गते आइतवार

विष्णु पौडेल पक्राउ, एमालेले बोलायो संसदीय दल र सचिवालय बैठक

विष्णु पौडेल पक्राउ, एमालेले बोलायो संसदीय दल र सचिवालय बैठक


  • 1.2K
    Shares

    विष्णु पौडेल पक्राउ, एमालेले बोलायो संसदीय दल र सचिवालय बैठक
    images

    काठमाडौं । नेकपा एमालेले एकै दिन आज संसदीय दल र सचिवालय बैठक बोलाएको छ। 

    सम्पत्ति शुद्धीकरण मामिलामा उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेको भोलिपल्ट एमालेले संसदीय दल र सचिवालयका बैठक एकै दिन राख्न लागेको हो। 

    जसअनुसार एमाले संसदीय दलको बैठक दिउँसो २ बजे  पार्टी केन्द्रीय कार्यलय च्यासलमा बस्नेछ। यसपछि आजै साँझ ६ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा एमाले केन्द्रीय सचिवालय बैठक बस्नेछ।

    सम्पत्ति शुद्धीकरण कसुरमा पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष पौडेललाई प्रहरीले सोमबार सुर्खेतमा पक्राउ गरी काठमाडौँ ल्याउँदै छ। 

    उनको गिरफ्तारीलाई अध्यक्ष ओली, महासचिव शंकर पोखरेललगायत एमाले नेताले ‘न्याय प्रक्रिया विपरीत र प्रतिशोधपूर्ण’ भन्दै प्रतिवाद गरिने यसअघि नै बताइसकेका छन्। 

    प्रकाशित मिति :आषाढ ९ २०८३ मंगलवार - ११:२५:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij