२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापाले आफ्नी पत्नी ईश्वरी भुजेलको हत्या आफूले नै गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन्।
नेपाल पुलिस अन्तर्गतको प्रहरी वृत्त बालाजुमा भइरहेको अनुसन्धानका क्रममा थापाले घटनामा अरू कसैको संलग्नता नरहेको दाबी गरेका हुन्।
यद्यपि, घटनामा अन्य व्यक्तिको संलग्नता हुन सक्ने आशंकामा पक्राउ परेका थप तीन जनामाथि पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। अनुसन्धानका आधारमा घटनाको वास्तविक अवस्था र अन्य व्यक्तिको भूमिकाबारे थप तथ्य खुल्ने अपेक्षा गरिएको छ।
प्रहरीका अनुसार घटनासम्बन्धी प्रमाण संकलन, बयान तथा अन्य प्राविधिक पक्षहरूको अध्ययन जारी रहेको छ। मुद्दाको अनुसन्धान पूरा भएपछि थप विवरण सार्वजनिक गरिने बताइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij