२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखामा सुन धितो राखेर कर्जा लिएकाहरूले प्रदर्शन गरेका छन् । उनीहरूले सोमबार सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका हुन् ।
जेनजी आन्दोलन हुँदा २०८२ भदौ २४ मा बानेश्वर शाखाबाट १८ केजी सुन चोरी भएको थियो । धितो राख्नेहरूले आफ्नो सुन नै फिर्ता चाहिने माग राख्दै प्रदर्शन गरेका हुन् ।
१५ जनाभन्दा बढी पीडितहरुले अहिले वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij