Logo

२०८३ आश्विन १ गते बिहिवार

२०८३ आश्विन १ गते बिहिवार

सौराहा भ्रमणमा प्रधानमन्त्री बालेन शाह

सौराहा भ्रमणमा प्रधानमन्त्री बालेन शाह


  • 1.1K
    Shares

    सौराहा भ्रमणमा प्रधानमन्त्री बालेन शाह
    images

    काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह सोमबार पर्यटकीय नगरी सौराहा पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन चितवन आएका उनी परिवारसहित सौराहा भ्रमणमा पुगेका हुन्।

    सौराहामा प्रधानमन्त्री शाहले चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत रहेको हात्ती प्रजनन केन्द्रको अवलोकन गरेका छन्।अवलोकनका क्रममा उनले हात्ती संरक्षण, प्रजनन प्रक्रिया, व्यवस्थापन प्रणाली तथा पर्यापर्यटनसँग यसको सम्बन्धबारे विस्तृत जानकारी लिएको बताइएको छ।

    परिवारसहित चितवन पुगेका प्रधानमन्त्री शाह सौराहाको प्राकृतिक सौन्दर्य, वन्यजन्तु तथा जैविक विविधताप्रति विशेष रुचि देखाउँदै हर्षित मुद्रामा देखिएका थिए। 

    यसैबिच प्रधानमन्त्री शाह कालिका नगरपालिका–शक्तिखोरस्थित होटल लटौली सेन्चुरीमा बसोबास गरिरहेका छन्।  

    प्रकाशित मिति :आषाढ ८ २०८३ सोमवार - १५:४७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij