२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशन अन्तर्गत दोस्रो दिनको बन्दसत्र अझै सुरु हुन सकेको छैन। आज बिहान ८:३० बजेका लागि तय गरिएको बन्दसत्र दिउँसो सवा २ बजेसम्म पनि सुरु हुन नसक्दा महाधिवेशन कार्यतालिका नराम्ररी प्रभावित भएको छ।
निर्वाचन समितिले सार्वजनिक गरेको करिब ४ हजार महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावलीमा धेरै त्रुटिहरू भेटिएपछि त्यसलाई सच्याउने र विवरण रुजु गर्ने काम लम्बिएकाले बन्दसत्र सुरु हुन नसकेको नेताहरूले जनाएका छन्।
चर्को गर्मीमा प्रतिनिधिहरू प्रतीक्षामासमयमा बन्दसत्र सुरु नभएपछि प्रदर्शनी हलभित्र पार्टीका केन्द्रीय पदाधिकारी, शीर्ष नेता तथा देशभरबाट आएका प्रतिनिधिहरू लामो समयदेखि पर्खाइमा परेका छन्। चितवनको चर्को गर्मीका कारण प्रतिक्षारत प्रतिनिधिहरू हलभित्रै ओइलाएर र सुस्ताएर बस्न बाध्य भएका देखिन्छन्।
त्रुटि सच्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको र विवरण मिल्नासाथ केही बेरमै बन्दसत्रको औपचारिक प्राविधिक सत्र सुरु गरिने निर्वाचन समिति सम्बद्ध नेताहरूले बताएका छन्। आजको सत्रमा सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदनसहित उपसभापति डा. स्वर्णिम वाग्लेको अर्थ(राजनीतिक प्रस्ताव र महामन्त्री कविन्द्र बुर्लाकोटीको साङ्गठनिक प्रतिवेदन पेस हुने कार्यतालिका छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij