Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

सोयाबिन र अलैंचीले सुधार्‍यो नेपालको निर्यात

सोयाबिन र अलैंचीले सुधार्‍यो नेपालको निर्यात


  • 1.4K
    Shares

    • images
    सोयाबिन र अलैंचीले सुधार्‍यो नेपालको निर्यात
    images

    काठमाडौं । नेपालबाट हुने निर्यातमा चालु आर्थिक वर्षमा निरन्तर सुधार भएको देखिएको छ। 

    गएको ११ महिनामा नेपालले गरेको अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी तथ्यांक भन्सार विभागले सोमबार प्रकाशन गरेको हो। गत साउनदेखि जेठ महिनासम्म नेपालबाट दुई खर्ब ७७ अर्ब ९६ करोड ७२ लाख ६१ हजार रुपैयाँको वस्तु निर्यात भएको छ। 

    यो निर्यात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२८ प्रतिशतले धेरै हो। गत आर्थिक वर्षमा ११ महिनामा दुई खर्ब ४७ अर्ब ५७ करोड २ लाख १३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो।

    चालु आर्थिक वर्षको ११ महिनामा नेपालले १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख ७१ हजार रुपैयाँको वस्तु आयात गरेको छ। यस्तो आयात अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो। भन्सार विभागको तथ्यांकअनुसार समीक्षा अवधिमा नेपालमा सबैभन्दा धेरै डिजेल आयात भएको छ भने दोस्रो धेरै आयातमा सोयाबिन तेल रहेको छ। 

    यस्तै, यो ११ महिनामा एक खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख ८५ हजार रुपैयाँ बराबरको डिजेल आयात भएको छ भने एक खर्ब १९ अर्ब ६३ करोड दुई लाख सात हजार रुपैयाँको सोयाबिन तेल र त्यसको कच्चा पदार्थ आयात भएको छ।

    सोही अवधिमा नेपालबाट एक खर्ब १३ अर्ब रुपैयाँको सोयाबिन तेल र १२ अर्ब एक करोड १४ लाख ८६ हजार रुपैयाँको अलैँची निर्यात भएको विभागको तथ्यांक छ। गत साउनदेखि जेठसम्म नेपालले १६ खर्ब १६ अर्ब १३ करोड १६ लाख रुपैयाँ व्यापार घाटा बेहोरेको छ। यो कुल व्यापारको १५.६७ प्रतिशत हो।   

    images
    प्रकाशित मिति :आषाढ ८ २०८३ सोमवार - १४:२२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij