Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

प्रदेश १ को वर्खे अधिवेशन जेठ २४ मा बोलाउन मन्त्रिपरिषदको सिफारिस

प्रदेश १ को वर्खे अधिवेशन जेठ २४ मा बोलाउन मन्त्रिपरिषदको सिफारिस


  • 9.1K
    Shares

    प्रदेश १ को  वर्खे अधिवेशन जेठ २४ मा बोलाउन मन्त्रिपरिषदको सिफारिस

    विराटनगर । प्रदेश १ सरकारले जेठ २४ गते बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

    बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले वर्खे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको बताए ।

    प्रतिपक्षी दलहरूको तीव्र विरोधका बाबजुद प्रदेश सरकारले संसदबाटै बजेट ल्याउने तयारी थालेको छ । बुधवार मात्र सरकारले आर्थिक कार्यविधि ऐन संशोधन विधेयक प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ ।

    कार्यविधि ऐन २०७४ को दफा ९ अनुसार बजेट प्रस्तुत हुनुभन्दा १५ दिन अगाडी अधिवेशन बोलाउनुपर्ने बाध्यात्मक अवस्था छ । त्यसलाई संशोधन गरेर सरकारले ५ दिनको समय सीमा कायम गराएको हो । 

    प्रकाशित मिति :जेठ २० २०७८ बिहिवार - ११:१०:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij