२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । कैलालीमा १६ वर्षीया एक किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका बस्ने २६ वर्षीय मिलन साउद रहेका छन्।
उनलाई आइतबार बेलुकी प्रहरीले नियन्त्रणमा लिएको हो। साउदले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो।
सोही उजुरीका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। पक्राउ परेका साउदमाथि हिरासतमा राखेर यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij