Logo

२०८३ श्रावण ११ गते सोमवार

२०८३ श्रावण ११ गते सोमवार

अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द

अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द


  • 764
    Shares

    • images
    अत्याधिक गर्मीका कारण धनगढीका विद्यालय बन्द
    images

    काठमाडौं । धनगढीमा अत्याधिक गर्मी बढेपछि उपमहानगरपालिकाले चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । उपमहानगरपालिकाका शिक्षा अधिकृत जयराज जैशीले सोमबार सूचना प्रकाशित गरी अत्याधिक गर्मीका कारण चार दिन विद्यालय बन्द गर्नुपरेको जनाएका छन् । 

    सूचनामा असार ९ देखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयलाई बिदा दिइएको उल्लेख छ ।  धनगढी लगायतका आसपासका क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियसको आसपास पुगेको बताइएको छ ।

    ‘बढ्दो अत्याधिक गर्मीका कारण विद्यालयमा अध्ययनरत विद्यार्थीमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना रहेकोले सोको प्रतिकूल असरलाई मध्यनजर गर्दै पछि वर्षे र हिउँदे बिदाबाट बिदा मिलान हुने गरी यस उपमहानगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा मिति २०८३ असार ९ गतेदेखि १२ गतेसम्म चार दिन अध्ययन अध्यापन कार्य नगरी बिदाको व्यवस्था मिलाउनु हुन जानकारीका लागि सादर अनुरोध छ’, उपमहानगरपालिकाको सूचनामा भनिएको छ । 

    724589018_1676297683487133_8661224035886459636_n_CluwVqjPqc.jpg

     

    images
    प्रकाशित मिति :आषाढ ८ २०८३ सोमवार - १३:२६:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij