Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला

सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला


  • 1.2K
    Shares

    सानोभेरी नदीमा अस्पतालका सुरक्षा गार्ड मृत फेला
    images

    काठमाडौं । सानोभेरी नदीमा बगेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-७, का ४५ वर्षीय रामबहादुर ओली रहेका छन् ।   

    जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, ओली आइतबार दिउँसो १ बजे घरबाट कसैलाई थाहै नदिई निस्किएका थिए । 

    सोमबार बिहान साढे ७ बजेतिर सानीभेरी गाउँपालिका-४, मुसुखोला स्थित सानोभेरी नदीको बिच टापुसमा उनी मृत भेटिएको रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

    उनका अनुसार, ओली नुहाउने क्रममा बगेको हुनसक्ने आशङ्का गरिएको छ । मृतक ओली सानीभेरी गाउँपालिका अस्पतालमा सुरक्षा गार्डको रूपमा काम गर्थे ।

    सोमबार गाउँपालिकाले कर्मचारीको निधनमा शोक बिदा दिएको छ ।      

    प्रकाशित मिति :आषाढ ८ २०८३ सोमवार - १०:३४:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij