२०८३ आश्विन १ गते बिहिवार
काठमाडौं । प्रधानमन्त्री तथा रास्वपा वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहले रास्वपा लोकल गाडी नभएर हाइवेमा गुडेको गाडी भएकाले गन्तव्यमा पुगेर मात्र ब्रेक लाग्ने बताएका छन् ।
‘हाम्रो गाडी लोकल होइन, गन्तव्यमा पुगेपछि ब्रेक लाग्छ’, शाहले भने, ‘हाम्रो गाडी अनियन्त्रित छैन । चिन्ता लिनुभएकोमा धन्यवाद दिन चाहन्छु ।’ साथै उनले रास्वपा प्रतिशोध साँध्ने पार्टी नभएको भन्दै विगतमा केही फट्याइँ भएको तथा सरकारी सम्पत्तिमा दोहन भएको बताए ।
‘सीमाको विषयमा हामीले ब्रिटिसलाई मध्यस्थता गर्छौ भनेको होइन । मेरो राष्ट्रियताप्रति आशङ्का गर्नुपर्दैन’, शाहको भनाइ छ ।
पार्टीमा गुट उपगुटका सवालमा चलिरहेको चर्चाप्रति शाहले राम्रो नेता र राजनीतिज्ञ बन्न जनताको आस्था र माया जित्नुपर्ने बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij